१
बेला बखत छल गरेर जित्न पल्किएको!
ख्यालै हुन्न सम्बन्धमा आगो सल्किएको!
धर्म कर्म रीतिरिवाज कुल्चिएर हिडेपछि!
नदेखे झैं गर्यौ तिम्ले आँसु छचल्किएको!
२
यस्तै नियति पटकपटक भोग्नु परेको छ!
आक्रोशको आवेगलाई रोक्नु परेको छ!
सबैले बलेको आगो ताप्छन् भन्ने बिर्सेछु!
त्यसैले आफ्नै देहमा आगो झोस्नु परेको छ!
३
पिर चिन्ता लिन्न भन्छु मन नमान्ने रैछ!
मेरो दु:खलाई कसैले केहि नठान्ने रैछ!
भुक्तभोगी भएको छु लखेटेर नियतिले!
स्वाभिमानले आत्मसम्मान नधान्ने रैछ!
(तनहुँ)