काठमाडौँ ।
बङगलादेशको ढाकामा आयोजना हुने २१औँ अन्तराष्ट्रिय ढाका फिल्म फेस्टिवलमा पुरु लम्सालको लेखन तथा निर्देशन रहेको बृत्तचित्र गोरु पर्व छनौट भएको छ ।
विश्वका प्रतिष्ठित फिल्म महोत्सव मध्य एक ढाका फिल्म फेस्टिवलमा गोरु पर्व छानिएको बृत्तचित्रका कार्यकारी निर्माता के पी पाठकले जानकारी दिए ।
उनका अनुसार २०२३ जनवरी १४ देखी २२ सम्म हुने आयोजना हुने फेस्टिवलमा बृत्तचित्र तर्फ गोरु पर्व छानिएको हो ।नुवाकोटको तारुकामा हरेक बर्ष माघे सक्रान्तीको अवसरमा गोरु जुधाइने परम्परा रहेको छ ।
त्यसैमा आधारित बृत्तचित्रमा नेपालमा गोरु जुधाउने परम्पराको ऐतिहािसक,सामाजीक आर्थिक तथा पर्यटकीय पक्ष समेटिएको लेखक तथा निर्देशक पुरु लम्सालले बताए ।
गोरु पर्व विश्वका धेरै फिल्म फेस्टिवलहरुमा छनौट भएर प्रदर्शन भएको बृत्तचित्र हो । यही २०२२ मा मात्रै गोरु पर्व साउथ ऐसियन फिल्म फेस्टिवल, अन्तराष्ट्रिय फिल्म फेस्टिवल म्यानहन्ट अमेरिका लगायत महोत्सवमा छनौट भएको थियो ।
गत अक्टोबरमा थाइल्याणको बैँककमा आयोजित थाइ अन्तराष्ट्रिय फिल्म फेस्टिवलमा २०२२ मा गोरु पर्वले उत्कृष्ट डकुमेन्ट्रि अवार्ड प्राप्त गरेको थियो ।