दु:ख अन्तको भाषा थियो
र भाषाको अन्त थियो
दु:ख अन्धकारको व्याकरण थियो
अनि व्याकरणको अन्धकार थियो
दु:ख एक्लो पनको चित्कार
र एउटा चित्कारको एक्लोपन थियो ।
दु:ख भित्री गुफाको
निरुद्देश्य खोजले भरिएको यात्रा थियो
दु:ख एक्लै भोगिने
एउटा स्वार्थपूर्ण कामना थियो ।
दु:ख जुत्ताभित्र छिरेको ढुङ्गा थियो
बगाइएको आँसुको एउटा धर्को थियो ।
दु:ख धेरै कुरा जान्नु थियो
अनि निरन्तर जान्नु
र मात्र जान्नु थियो ।
दु:ख आत्मामा एउटा अपरिहार्य दाग थियो
संसारका सारा अपूर्ण कामनाहरूको
हल्लिरहेको छायाँ थियो
सबैभन्दा ठुलो दु:ख नै थियो
यो कुरा थाहा भयो
फेरि पनि
त्यो बुझ्नुको दु:ख थियो
अनि
यो नबुझ्नुको पनि दु:ख थियो-
दु:खको कारण के हो ?
(भारत)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।