गर्भबाट निस्केर जब संसार हेरेँ
सबैभन्दा प्रिय मैले मेरै आमा देखेँ
आमा ! जब तिम्रो न्यानो स्पर्श
मेरो कोमल शरीरले पाउँछ
मेरा सारा अन्योल
विलीन भई हराउँछ
शक्तिविहीन म जुर्मुराउँदै उठ्न खोज्छु
आफ्नोपनको आभासले गर्भको पीडा भुल्छु ।
सयौं हात छुन्छन् मलाई
तर तिम्रो छुवन प्यारो लाग्छ
ममतामयी काख तिम्रो अकल्पनीय शीतल लाग्छ ।
चिच्याउँछु , रुन्छु जब कोही बुझ्दैनन् बोली मेर
तिमीमात्र हुन्छेउ बुझ्ने मूकभाषा मेरो
हे आमा ! तिम्रो काख मलाई स्वर्गभन्दा प्यारो लाग्छ
तिम्रो अटुट माया ममताको संग्रहालय लाग्छ ।
(कोलोराडो, अमेरिका)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।