आँसुको बिस्कुन आँखामा सुकाएर आमा शान्तिको बाटो हेर्दै छिन् कोख रित्तिए पनि आमा आशा र बिश्वासको प्रतीक्षामा निराश भएकी छैनन्। धर्ती ढगमगाएको बेला आकाश खसेको बेला मनको मझेँरी फाँटेको छ तर बाहिर बजारमा स्वाभिमान, रास्ट्रिय स्वाधीनता साथै अस्मिताको लिलाम बढाबढ भैरहेको छ। केही ज्युँदा सपूत भने सुदूर गाउँबाट गन्तव्य रोज्दैछन् सिंहदरबारसम्मको किनकि यो देश सीता, भृकुटी र बुद्ध जन्मेको देश हो। (तनहुँ)