कतै सुर नमिले जस्तो
कतै ताल नमिले जस्तो
खै के के देख्न पर्छ!
के के सुन्न पर्छ!
कोही सुस्ताइरहेछन्
कोही पुस्टाइरहेछन्
कोइ भोको नाङ्गो छन्
कोही अघाएर बाङ्गो छन्
कोही सुकेको सुक्यै छन्
कोही भुकेको भुक्यै छन्
कोही झुकेको झुक्यै छन्
कोही चुकेको चुक्यै छन्
कोही मुठाको मुठ्यै छन्
कोही लुटाको लुट्यै छन्
कोही जोशले बेहोश छन्
कोही हमेसा अफशोसमा छन्
कोही कसैको खोजमा छन्
कोही बिहानै ओभरडोजमा छन्
कोही सोंचेको सोंच्यै छन्
कोही घोंचेको घोंच्यै छन्
कोही रूँदै हास्छन्
कोही हाँस्दै रून्छन्
कोही सबैतिर ठीक छन्
कोही एक बोतलमा बिक्छन्
कोही फूलझैं मगमगाउँछन्
कोही घुम्तिपिच्छे भकभकाउँछन्
कोही दसै औंलाले सोर्छन्
कोही सपनाको चित्र कोर्छन्
कोही गुलियोले जिब्रो पडकाउँछन्
कोही बिहानै खुट्टा मर्काउँछन्
कोही च्याटिङ्गमा व्यस्त छन्
कोही डेटिङ्गमा मस्त छन्
कोही सेटिङ्गमा अभ्यस्त छन्|
यस्तै छ यो भोटैभोटको देशमा
यो नोटैनोटको देशमा
कोही मागेको माग्यै छन्
कोही भागेको भाग्यै छन्
कोही सर्वदा मस्त छन्
कोही आफैसित त्रस्त छन्।
(नयाँ दिल्ली)