आमा ! आफैमा एक पबित्र शब्द जो शब्दमै एक माया झल्किन्छ अनि ममता र सद्भाव झल्किन्छ त्यसैले त मेरो भोक तिमी मेरो प्यास तिमी मेरो जिउने साहारा तिमी मेरो साहस तिमी मेरो मान तिमी मेरो सान तिमी र मेरो सबथोक तिमी! म सधै एउटै गल्ती गरिरहेछु भगवान त तिमी रहेछौ तर मैले मन्दिर ढोगिरहे साँच्चिकै म मूर्ख रहेछु ती भगवान नै नभएका मुर्ती पुँजे ढुङ्गाले बनेको त्यो मन्दिर ढोगे तर मैले यो बुझेन कि आज सम्म म हरेक दुखमा हरेक पीडामा कुनै कठिन स्थितिमा म मेरि आमा भनेर पुकार्छु किन त? तर यो त मलाई पीडा हुँदा मलाई दुख्दा अनि मलाई चोट लाग्दा म भन्दा बढी त तिमीलाई दुख्दोरहेछ! साँच्चिकै तिमी महान छौ साँच्चिकै तिमी सर्वोत्कृष्ट छौ तिमी आफू रुन्छौ मलाई हसाउछौ तिमी आफू भोकै बस्छौ मलाई खुवाउछौँ तिमी छौ र त आमा तिमी मेरो हरेक पीडाको मलम छौ र म दुनियाँको हरेक चोट सहन सकिराछु तिम्रो कति थोपा दुधले बनेको हुम्ला म? तिम्रो कति रगत बग्यो होला? मलाई यो सुन्दर धर्ती देखाउन तिमिलाई कति अफ्ट्यारो भयो होला? मलाई हुर्काउन अनि बढाउन त्यो म सोच्न सक्दिन! आमा अरु त म के दिन सक्छु र तिम्रो दूध अनि रगतको सम्मान छ तिम्रो साहसको सम्मान छ तिम्रो त्याग बलिदानको सम्मान छ र तिम्रो साथको सम्मान छ तिमी छौ र घर छ तिमी छौ र म छु तिमी छौ र आधार छ तिमी छौ र सबैथोक छ। त्यसिले म दिनहुुँ तिम्रो दिर्घायुको कामना गर्छु तिम्रो खुसिको कामना गर्छु तिमीलाई म खुसी त दिन नसकुँला तिम्रै जस्तै दुधका धारा बगाउन नसकुँला तिम्रो लागि दुनियाँ सँग लडन नसकुँला तर बाधा गर्छु कि मैले बचनको बाणले मन दुखाउने छैन आफू हाँसेर तिमीलाई रुवाने छैन आफू मीठो खाएर नमिठो खुवाने छैन । (धनगढी, कैलाली)