म कहिलेकाहीँ
सूर्य बन्न खोज्छु
सारा संसारलाई
एक समान
उज्यालो प्रकाश छर्न ।
म बादल बन्न खोज्छु
वर्षाद गराई
सबैको प्यास मेटाउन
म जुन बन्न खोज्छु
रात्रिकालीन अँध्यारो चिर्न।
म मानिसको मनमा
बस्न खोज्छु
तिनीहरुको कलुषित
मनलाई सफा पार्न ।
यसरी
म
म भित्रै हराँउछु
अरुका लागि
मात्र अरुका लागि ।।
(चैनपुर, बझाङ्ग)