१
नक्कली डाक्टरको भर पर्दिन् भन्नुभयो बाले
उसको प्रयोगशालामा मर्दिन् भन्नुभयो बाले
गरिवले मर्दा नि कर तिर्नु पर्ने यो देशमा
भो उपचार अब गर्दिन् भन्नुभयो बाले ।।
२
बैंकले धितोमा घर खेत लिएर पठाएको छ
डाक्टरले अन्तिम मिति दिएर पठाएको छ
कसरी भनोँ मैले यी सबै कुरा आमासित
परिस्थितिले मुख सिएर पठाएको छ ।।
३
जाडोमा न्यानो ऊन सकियो
दु:खमा आमाको सुन सकियो
बलेको आगो ताप्ने यो दुनियाँमा
बाले लाको समाजमा गुन सकियो ।।
४
पैसाले किन्न नसकिने ओैषधी मुलो हुँदो'छ
ढुङ्गा जस्तो जीवन पनि धुलो हुँदोरै'छ
मृत्यु युद्धमा लडेका योद्वालाई सोध्नुस्
जीवनको माया कति ठुलो हुँदोरै'छ ।।
५
जिन्दगीको त्यो गाडी गुडेपछि आयौ
सम्झानाले इतिहास पुरेपछि आयौ
अन्तिम श्वास छोड्दासम्म खोज्दै थिए बाले
उनको प्राण पखेरू उडेपछि आयौ ।।
(काभ्रे)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।