तिमीले मलाई इतिहासमा लेख्न सक्छौ तिम्रा तिता झुटहरुसँग
तिमीले मलाई एकदमै फोहोरमा कुल्चिदिन सक्छौ
तर पनि, धुलो जस्तै, म उठ्छु।
के मेरो सम्वेदनाले तिमीलाइ रिसाउने बनाउछ ?
किन तिमी उदासीपनाले घेरिएका छौ
किनकि म हिँड्छु जस्तो कि मैले तेलको कुवाहरु पाएको छु
पम्प गर्दै मेरो कोठामा
ठिक चन्द्रमा जस्तै र शुर्य जस्तै
स्थिरताको ज्वारभाटा सँग
आशाहरुको बशन्तको उचाइ जस्तै
म अझै उठछु ।
तिमी मलाइ टुक्रेको देख्न चाहन्छौ ?
टाउको झुकेर आँखा निहुरेर ?
काँधहरू आँसुका थोपाहरू जस्तै तल झर्छन्
मेरो आत्मा रोएर कमजोर भयो ।
के मेरो अहङ्कारले तिमीलाइ अपमान गर्छ?
यसलाइ तिमी डरलादो रुपमा नलेऊ
किनकि म सुनको खानी पाएको जस्तो हाँस्छु
आफ्नै पछाडिको आगन खनेर
तिमी मलाई तिम्रो शब्दले निशाना बनाउन सक्छौ
तिमी मलाई तिम्रो आँखाले काट्न सक्छौ
तिमी मलाई तिम्रो घृणाले मार्न सक्छौ
तर अझै, हावा जस्तै म उठ्नेछु ।
के मेरो कामुकताले तिमीलाइ बिझाउँछ ?
के यो आश्चर्य लिएर आउँछ कि मैले हिरा पाएर नाचेँ
मेरा जाङ्घहरुको बैठकमा ?
इतिहासको लाजको झुपडी बाहिरबाट
म उठ्छु
पीडाले जरा गाडेको बिगतबाट
म उठ्छु ।
म फराक र उफ्रने कालो समुन्द्र हुँ
ज्वारभाटामा
सपना देख्ने र खोक्रो हुने गर्छु
आतङ्क र भयभीत रातहरुलाई पछाडि छोडेर म उठ्छु ।
एक दिनको छुटी
जुन आश्चर्यजनक रुपमा स्पष्ट छ
म उठ्छु ।
मेरा पुर्खाले दिएका सौगातहरु लिएर
म सपना र आशाहरुको दास हु
म उठ्छु
म उठ्छु
म उठ्छु ।
(अनुवाद : विवेक दुलाल क्षेत्री 'दमक')
(दमक बजार, झापा हाल अबुधाबी,युएइ)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।