बोस्टन, अमेरिका
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा आइतबार ‘अर्को भोर’ कथा कृतिको चर्चा गरिएको छ । शब्दसारथि कार्यक्रमको १३ औँ शृङ्खलामा कथाकार केशवराज ज्ञवालीको उक्त कृतिमाथि छलफल गरिएको हो ।
कार्यक्रममा वरिष्ठ आख्यानकार नयनराज पाण्डे, समालोचक ज्ञानु अधिकारी, सञ्चारकर्मी तथा कवि मोहराज शर्मा र कथाकार कृष्ण कुसुमले ज्ञवालीको कथाकारिताका बारेमा प्रकाश पारे ।
यसैगरि अनेसासका पूर्व अध्यक्ष तथा कथाकार पदम विश्वकर्मा, अनेसासका उपाध्यक्ष राजेन्द्र श्रेष्ठ, अनेसास बिओटी सदस्य तथा मुक्तककार तीर्थराज अधिकारी, साहित्यकार कुशुम ज्ञवाली, कवि मोहित जोशी र महेश क्षितिजले पनि कथाकारका बारेमा चर्चा गरे ।
अनेसासमा वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको संयोजनमा आयोजित उक्त कार्यक्रममा अनेसास अस्टिन च्याप्टरका अध्यक्ष धर्मानन्द गौतम, अनेसास क्यान्सस च्याप्टरका अध्यक्ष कमला न्यौपाने, प्रमोद अमात्यका साथै कथाकार ज्ञवालीले मन्तब्य राखेका थिए ।