म परिवर्तन चहन्छु म आफैमा बद्लाव चहन्छु देखाउन चहन्छु दुनियाँलाई सुनाउन चहन्छु उसलाई कि ऊ मेरो लागि कति ठूलो छ । म ऊ भित्र समाहित छु । तर जब जब म हृदय खोली भन्छु म तेरै सहारामा छु चोर औंलाले म आफैले आफैलाई देखाउँछु यी हेर यही हो म कुनै बुख्याँचा होइन कुनै नक्कली बोलको बख्यान होइन । झुक्काउन छक्काउन म कत्ति चहन्न म यही हुँ वास्तविक मलाई चोर औंलाले देखाइरहेको छ हेर् मलाई । तब तब दुनियाँले आफ्ना दुई कान हराउँछ ऊ बहिरो हुन्छ दुई आँखा बेकाम सम्झिन्छ ऊ अन्धो हुन्छ । त्यति बेलासम्म जति बेला म उसलाई सम्झाउन खोज्छु कि म उसको नजिक छु उसको भरोसामा हाड मासु समाइरहेको छु नपत्याए दुवै आँखा चिम्सा पारेर झाकेर हेर् । आफ्नै आसपास भेट्टाइस होला नि है ? छैन नि कतै देखिन दायाँ बायाँ भित्र बाहिर ? अहँ कतै पनि छैनौ तिमी भेट्टाउउँदै भेटाइन। ओहो, के म साँच्चै छैन त ? कि देखो नदेखो गरिरहेछ ऊ ? हैन होला साँच्चै, म रहेनछु उसको वरिपरि भित्र बाहिर दायाँ बायाँ अहँ कतै रहेनछु मेरो भ्रम हो रहेछ उसका आँखा खास्सा रहेछन् । अब म परिवर्तन चहन्छु आफैलाई बदल्न चहन्छु दुनियाँको चाकरी नगर कत्ति नगर अहँ गर्दै नगर । मन मान्दैन सम्झा, बुझा तन मान्दैन धम्की दे, छाड्ने पीडा दे, तोड्ने खप्न कति बेरसम्म सक्दोरहेछ हेर् तँ पनि तर तँ अब बद्ली भारोसामा ताल्चा लगा सम्झनामा आशाका पानाहरू जला अब तँ परिवर्तन हुँनैपर्छ ।