आप्रवासी नेपाली इन्जिनियरहरूको संस्मरणसङ्ग्रह ‘आँगन छोडेपछि’ प्रकाशित भएको छ। संयोजक तथा सम्पादक कृष्ण कुसुम र अर्का सम्पादक केशवराज ज्ञवालीको सम्पादनमा प्रकाशित उक्त संस्मरणसङ्ग्रहमा मूलत: इन्जिनियरिङ विषय अध्ययन गरी परदेशमा जान बाध्य भएका १७ जना लेखकहरूका संस्मरण समावेश गरिएको छ ।
सङ्ग्रहमा के गर्नु पर्दोरहेछ सफलताका लागि, के नगर्दा छिटो आफ्नो पेशागत हैसियत चाडै प्राप्त हुदो रहेछ, विदेशमा सुख सम्बृद्धी कसरी हासिल हुँदोरहेछ भन्ने कुराको मिठो शैलीको स्वादमा प्रस्तुत १७ भिन्नभिन्न स्थानका केस-स्टडीसहितका संस्मरणहरु प्रस्तुत गरिएको छ। यी कथाहरु कल्पना नभएर भोगाई हुन्। उत्तर अमेरिका, युरोप, यशिया र अस्ट्रेलिया महादेशमा काम गरिरहेका इन्जिनियरहरुका अनुभवका कथा हुन् ।
संस्मरणसङ्ग्रहमा ऋषिराम पराजुली (बेलायत), कुसुम ज्ञवाली (क्यानडा), कृष्ण कुसुम (अमेरिका), केशव शर्मा (अष्ट्रेलिया), केशवराज ज्ञवाली (अमेरिका), गोविन्दप्रसाद गौतम (रसिया), जीवा लामिछाने (जर्मनी), प्रमोद अमात्य (अमेरिका), नगेन्द्र न्यौपाने (अमेरिका), विजयराज भट्टराई (अमेरिका), मधु माधुर्य (अमेरिका), मनोज कार्की (अमेरिका), राजन महर्जन (अमेरिका), सतिश त्रिपाठी (अमेरिका), सन्तोष न्यौपाने (अमेरिका), शर्मिला पोख्रेल (क्यानडा) र सुशील ताम्राकार (अमेरिका)का संस्मरण समावेश छन्। उक्त संस्मरणसङ्ग्रहलाई शिखा बुक्सले प्रकाशन गरेको हो।
तपाईका आफन्तहरु पनि ईन्जिनियरिंग पढ्न चाहानुहुन्छ र बिदेशमा आफ्नो क्षमता दक्षताले स्थापित हुने रहर छ भने यो पुस्तक उहाँहरुमा समर्पित छ। यदि बिदेश जाँदै हुनुहुन्छ भने यो पुस्तक सफलताका लागि महत्वपूर्ण मार्गदर्शन हुनसक्छ।
यी १७ जना इन्जिनियरिंग पेशाका बिदेशमा काम रहेका श्रष्टाहरुको उक्त संस्मरण संग्रह “आगन छोडेपछि” यही पुष ९ गते सुक्रबार पुल्चोक इन्जिनियरिंगको हलमा विमोचन हुँदैछ ।