गाडी-मोटर, धन-सम्पत्ति सबै लिएर के पायौ
दाजु-भाइ, बा-आमाको खुन पिएर के पायौ
हेरत तिमी भन्दा पनि महान् मान्छे सुतेका छन त्यो चीतामा,
दुई दिनको जिन्दगीमा अहंकारमा जिएर के पायौ ?
तिमीले गरेको झुठो प्रशंसा बुझ्नै सकिनँ
तिमीले गरेको अबोध प्रश्नहरू सुन्नै सकिनँ
मुख छ भन्दैमा मेरो भावनासँग नखेल न प्रिये,
तिम्रा ती प्रतिशोधका नजरबाट लुक्नै सकिनँ ।।
अमुल्य यो जीवनसित हिम्मत कहिल्यै हार्नु
हुँदैन, आफ्ना सपना र आँसुहरू व्यर्थै झार्नु हुँदैन
किन मन दु:खी पार्छ्यौ अरूका कुरा सुनेर
तिमी पाउने आशा र जिउने चाहना कहिल्यै मार्नु हुँदैन ।
(विश्वनाथ, असाम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।