आँबुखैरेनी ।
आँबुखैरेनी स्रष्टा समाजद्वारा मङ्सिर २३ गते आयोजित एक विशेष समारोहमा विजयराज आचार्यका अङ्ग्रेजी भाषामा अनूदित चार कृति सार्वजनिक गरिएको छ ।
विमोचित कृतिमा चिल्ड्रेन्स स्टोरिज अफ विजयराज आचार्य पार्ट 2, द हर्मिटेज, द नेकेड स्काई र गुडनाइट तथा सानुकाजी थापाको निबन्ध सङ्ग्रह तथ्यको गुँज रहेका छन् । आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषि केसी, साहित्यकार प्रमोद प्रधान र साहित्यकार सिर्जना शर्माले ती कृतिहरूको विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि ऋषि केसीले बालसाहित्यका कृतिहरूले बालबालिकाको सर्वाङ्गिण विकासमा महत्वपूर्ण योगदान दिने बताउनु भयो । बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष साहित्यकार प्रमोद प्रधानले हामी लेखक होइन,स्रष्टा बन्नेतिर अग्रसर हुनुपर्छ भन्नुपर्छ ।
आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ती कृतिहरूबारेअनुवादक स्वर्णिम लम्साल र आँबुखैरेनी स्रष्टा समाजका उपाध्यक्ष अर्जुनकुमार ढकालले समीक्षा गर्नुभएको थियो ।