समयले कस्तो कस्तो बनाउँछ ? हेर मलाई तिमी जस्तो बनाउँछ । माथि भएको घमण्ड छोडिदेऊ, गिराउँछ, साह्रै सस्तो बनाउँछ । को अडिन्छ शिखरमा जीवनभर ? झर्नु रहेछ तल खस्तो बनाउँछ । चाहना त थियो लेप लगाउने, अहिले खरानी घस्तो बनाउँछ । तिमी पनि मजस्तै गरिब थियौ, देखेँ आज महल पस्तो बनाउँछ । समयको सदुपयोग गर्न नसक्दा, बेहाल छु म हो यस्तो बनाउँछ । (चितवन)