(१)
निमुखाको लागि कहरहरुको सीमा कहाँ हुन्छ र ?
पाखण्ड पालिरहने सहरहरुको सीमा कहाँ हुन्छ र ?
जीवनलाई सरल बनाएर बाँचे जीवन सफल बन्छ,
नत्रभने जीन्दगीमा रहरहरुको सीमा कहाँ हुन्छ र ?
(२)
तपाईं कसैको लागि खाडल खन्नुस्, उस्ले तपाईको लागि खन्नेछ।
तपाईंले अरुलाई बेइमान भन्दैगर्दा अरुले त्यही तपाईंलाई भन्नेछ ।
भयो धेरै भयो- अहंकार भरेर मनमा, खुट्टा तानातानमा अल्झेको,
हरेक मौसममा आफ्नो मनमा गुराँस फुलाऔं, संसार बगैँचा बन्नेछ।
(३)
दिनैपिच्छे इन्धनको भाउ बढेकोमा खेद लाग्छ ।
त्यसैले एक गरीबको घाउ गढेकोमा खेद लाग्छ ।
यो देशको ठेक्का लिएर भ्रष्टाचारी नेताहरूले,
बर्षौं देखि जनताको बुइ चढेकोमा खेद लाग्छ ।
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।