मेरो मूढ चल्यो म हिँडिदिएँ बिना उद्देश्य । मेरो मूढ चल्यो म फर्किदिएँ यथास्थानमा । के मूढ चल्यो म बसिरहें नदी किनारमा । भनेमुताविक छैन् संसार यकिनन् जिन्दगी चलिरहेछ अब मेरो मूढले के भन्छ ? कुनै जात्राको लिङ्गो भएर रहन चाहन्थेँ मेला सिध्दिएपछि उखेलेर छिट्टै फाल्नेछन् फूलपाती त खोलामा सेलाउँछन् तसर्थ अझ मूढ बदलिन्छ । आज मूढ पिठ्युका बल घस्रिरहेछ घर वरिपरि वरिपरि ।