गमक्क परेको कोठाभित्र
हिटरको राप ताप्दै
लड्दा लड्दै हिउँमा मरेको
मेरो कथामा आफ्नो
राजनीतिक विचारको बम
भयो नफुटाऊ .....
मेरो खाकी बर्दी
छिछलेर बगेको रगत
तिमी जस्ता खाकी लाउनेलाई
बचाउन अझै आलो छ ।
माइक्रो फोन पाउँदा
तोपको गति भन्दा तेज..
तिम्रो नक्कली दस्तावेज
देशको झण्डामा लतपत
सहिदको अघि ..
भयो अब नभट्याऊ ।
हस्ताक्षर गरी बेचेर सास
काललाई कालकै अघि
ललकारदैछु देशको काललाई ..
म सिमानामा आफ्नो...
परिवारको एक छाकमा
आनन्द हुँदै रमाउँछु एकान्तमै
आफ्नो ज्यानको..
व्यपार गर्छु
हजारौं आमाको हाँसोमा
तिमी आमाकै खिलाफ
जाल फिजाउँदै
अरबौंको व्यपार गर्छौं
आफूलाई संसारको सबैभन्दा
ठूलो व्यापारी हुँ भनी
हुन सक्छौ र म जस्तो
निपुण व्यपारमा
भयो भयो अब न सुनाऊ ।
(मणिपुर, भारत)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।