राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको नियमित कृति समीक्षा कार्यक्रम अन्तर्गत १८२औँ श्रृङ्खलामा गीतकार प्रकाशचन्द्र घिमिरेको विविधता गीतिसङ्ग्रहको समीक्षा कार्यक्रम सम्पन्न भएको छ ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् राप्ती साहित्य परिषद्का संस्थापक अध्यक्ष वरिष्ठ साहित्य नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद्का पूर्व अध्यक्ष एवं वरिष्ठ साहित्यकार डा अमर गिरी र राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष पुरूषोत्तम खनालको विशिष्ठ आतिथ्यमा भएको हो ।
वरिष्ठ साहित्यकार एवं संस्कृतिविद् डा गोविन्द आचार्यले विविधता गीतिसङ्ग्रहको समीक्षा गर्नु भएको थियो भने सो गीतिसङ्ग्रहका गीतकार प्रकाशचन्द्र घिमिरेले आफ्ना धारणा राख्नु भएको थियो ।
कार्यक्रममा विविधता गीतिसङ्ग्रहको समीक्षामा आएका भनाइहरूलाई टिपोटकर्ताको रूपमा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार साहित्यकार कमलमणि देवकोटाले टिपोट गर्नु भएको थियो ।
कार्यक्रममा लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
साहित्यकारहरू डा।कृष्णराज डिसी, शंकर पौडेल, नगेन्द्र गुरु, धनसिङ गिरी, गिरिराज पन्थी, सरिता देवकोटा, हरीप्रसाद पौडेल स्वर्णशिखा, शुभाष न्यौपाने, भुपेन्द्र सुवेदी, कमला रिजाल, गुरूप्रसाद केसी, नारदप्रसाद भण्डारी, संगीत मगर, हिमाल वली पृथक, धनश्याम केसी, श्रवण नेपाली, बिक्रम वलि, नेपाल पत्रकार महासघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, पत्रकार गोविन्द खड्का समाजसेवी श्रीधरकुमार लम्साल, गुणाकर भुषाल, भिमप्रसाद लम्साल,
राजेशकुमार आचार्य, चुडामणि पाण्डेयलगायतको उपस्थिति रहेको थियोे ।
उक्त समीक्षा कार्यक्रममा ूविविधताू गीतिसङ्ग्रहको समीक्षा गर्ने अवसर प्रदान गरेकोमा परिषद् जिल्ला शाखा दाङले गीतकार प्रकाशचन्द्र घिमिरेलाई प्रशंसा(पत्र प्रदान गरिएको थियो ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष शारदा शर्माको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन परिषद् जिल्ला शाखा दाङका सचिव प्रकाश केसीले गर्नु भएको थियो ।