(१)
धनी र अगुवाहरूका निम्ति जाग्छ यो समाज
काम न दाम उनिहरूकै पछि लाग्छ यो समाज
जब गरीब र कमजोरको न्यायको कुरा आउँछ
तब पछि फर्कि किन टाडा़ भाग्छ यो समाज?
(२)
गरीबहरू कैयौंदिन भोकै बसेका छन
धनीहरू भने सधैँ पाँचतारेमा पसेका छन्
भ्रष्टाचारीको त खै के कुरा गरौँ हजुर
दया र मानवता बिर्सेर तल खसेका छन् ।
(३)
तिम्रा ती भिन्न रुपले मलाई तलसम्म झारिसक्यो
तिम्रो अभिमानले मलाई धेरै ठाउँ सारिसक्यो
कसलाई भनौ म के गरो बुझाऊँ हे भगवान !
तिम्रो हठकारिताले मर्नु न बाँच्नु पारिसक्यो ।
(गोरूभासा, चिरांग, असम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।