(१)
निस्तेज हुने छैनन् रवि ~ घाम उस्तै हुनेछ
रोकिने छैन समय ~ हरेक काम उस्तै हुनेछ
यो छोटो जीवनकालमा छरौँ सत्कर्मको बीज
घुँडा धसेनी आखिरमा~अञ्जाम उस्तै हुनेछ।
(२)
मन्दिरका देउतासँग उनीहरूको खै के नातो थियो
मैले पस्नै नहुने ~ ठुला-बडाको चाहिँ ताँतो थियो
कसरी अलग भएँ म आखिर हाड-मासुकै मान्छे
फेरि भएन रगतको रंग ~ मेरो नि रातो थियो।
(३)
शिक्षा भविष्य बनाउने~औजार हो छोरा
जसको छ सिप ~उसैको संसार हो छोरा
कर्म नगरे सित्तैमा ~ केही पाइने छैन हेर
परिश्रम नै उन्नतिको ~ आधार हो छोरा।
(डिब्रुगड, असम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।