विचारका शैलुङ्गेहरूमा
स्तब्ध रातहरू चिर्दै
हिमपातमा पौँठेजोरी खेल्दै
तिमी उठेको बेला
मुस्कुराउँछन् राताम्मे गुराँस र लालुपाते ।
मेरो देशको विशाल छातीमा
आत्मीयताका उर्वर बीज रोप्दै
तिमी निस्केका बेला
सगरमाथा र माछापुच्छ्रेले ताली बजाउँछन् !
हृदयको चेतलाई
प्रणको दरिलो कुटे कोदालोले खन्दै
निर्माणमा जुटेका बेला
नेपाली माटोले
युगीन जीवनको अभिवादन ठोक्छ ।
आफ्नै बस्तीमा पसिनाको ब्याड राखेर
पहिचानको बेर्ना हुर्काउन सके
मुस्कुराउने थियो
यो माटोमा एउटा सुनौलो भविष्य !
(इलाम)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।