समाचार
राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम (पश्चिम) को नियमित मासिक कार्यक्रम अन्तर्गत रुकुम साहित्य मालाको ८८ औं श्रृंखला एवम् त्रिवेणी दर्पण साहित्यिक स्मारिका २०७८ को लोर्कापण कार्यक्रम यही मिति २०७८ असोज ८ गते त्रिवेणी गाउँपालिकाको सभाहल वडा नं. ६ खारानेटामा भव्यरुपले सम्पन्न भएको छ ।
कला, साहित्य, संस्कृति, संरक्षण मञ्च त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष नन्दकुमार घर्तिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा जिल्ला समन्वय समिति रुकुम पश्चिमका सदस्य टेकबहादुर ओलीको प्रमुख अतिथ्यता रहेको थियो । विशेष अथितिहरूमा त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका अध्यक्ष झक्कुप्रसाद घर्ति, नेकपा (माओवादी केन्द्र) रुकुम पश्चिमका इन्चार्ज गणेश के.सी. र राप्ती साहित्य परिषद् जिल्ला शाखा रुकुम पश्चिमका सल्लाहाकार मुकुन्दप्रसाद शर्मा हुनुहुन्थ्यो ।
अतिथिहरूमा नेकपा (माओवादी केन्द्र) त्रिवेणीका अध्यक्ष गणेश बहादुर खड्का, त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका निमित्त प्रमुख प्रशासकीय अधिकृत रमेश पुन त्रिवेणी गाउँपालिका स्थित वडा अध्यक्षहरू, संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरू, राप्ती साहित्य परिषद् जिल्ला शाखा, रुकुम पश्चिमका सदस्य एक्कबहादुर के.सी. लगायतका हुनुहुन्थ्यो ।
औपचारिक रुपमा कार्यक्रमको उद्घाटन पश्चात प्रमुख अतिथि, विशेष अतिथिहरूबाट त्रिवेणी दर्पणको विमोचन गरियो । त्रिवेणी गाउँपालिकाको आर्थिक सहयोगमा त्रिवेणी दर्पणको दोस्रो अंक प्रकाशित गरिएको थियो । उक्त पुस्तक कला, साहित्य, संस्कृति संरक्षण मञ्चले प्रकाशनमा ल्याएको हो । साहित्यकार मुकुन्दप्रसाद शर्माबाट उक्त विमोचित पुस्तकको समीक्षा भएको थियो । साथै उक्त त्रिवेणी दर्पण पुस्तकको अनुभूति तथा, सम्पादकीय मन्तव्य मनलाल ओलीबाट भएको थियो ।
उक्त साहित्यिक कार्यक्रममा त्रिवेणी कला, साहित्य, संस्कृति संरक्षण मञ्चका उपाध्यक्ष गणेश कुमार बुढाको स्वागत मन्तव्य रहेको थियो भने स्थानीय कलाकारहरूबाट स्वागत गीत प्रस्तुत गरिएको थियो । सो कार्यक्रममा तीन दर्जजन बढी स्रष्टाहरूबाट रचना वाचन गरिएको थियो । यस कार्यक्रममा मोहनकिशोर ओली, रमेश पुन, गणेश के.सी., झक्कुप्रसाद घर्ति र टेकबहादुर ओलीले शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।
सो कार्यक्रममा स्थानीय कलाकारबाट गरिएको गीत, नृत्य प्रस्तुतीले कार्यक्रमलाई थप आर्कषक र रोचक बनाएको थियो । उक्त कार्यक्रमको सञ्चालन कला, साहित्य, संस्कृति, संरक्षण मञ्च त्रिवेणी गाउँपालिका रुकुम पश्चिमका सचिव कुबेर ओलीले गर्नुभएको थियो ।