तिमीले भनेकै मान्नुपर्छ भन्ने केही छैन
अटेरी गर्नु नगर्नु मेरो अधिकारभित्र पर्ने निर्णय हो नि
रिसाउनु किन?
रिसले विषबाहेक के नै दिन सकेको छ र ?
रिस त सुस्त विष नै हो ।
मैले खाएकोमा भन्दा लाएकोमा रिस उठ्नु भनेको
रिस मिसिएको आह्रिस नै त हो नि
त्यसैले पनि
तिम्रो मनको कोठेबारीमा
कहाँ फुल्न सकेछु र
ढकमक्क !
मैले कमाएको जति
मैले पाएको जति
मेरै पनि कहाँ हो र !
तिमी किन जल्नु बेस्सरी ?
तिमीले पाएको पनि
तिम्रो कहाँ हो र ?
तिमी किन फुलिनु त्यसरी ?
रिसको विष भनेको
मन-मस्तिष्कलाई झ्वाप्पै पोल्ने आगो हो
जसले सधैँ डढाएको हुन्छ
माया बस्ने शान्त खोपी
जसले सधैँ खसाएको हुन्छ
मर्यादा बस्ने टोपी ।
हरुवा सोच मगजभरि उनेर
मलाई जित्ने लालसा मनभरि पाल्नु भनेको
तिमीले
सङ्घर्षको सास फेर्न नसक्नु नै हो भन्छु म त ।
चारैतिर भीड़ थुप्रिएछ
रिसहरूकै
ईर्ष्याहरूकै
तिमी पनि त्यही समूहमा पसेछौ
र मलाई पनि त्यतैतिर पस्नुपर्छ भन्दै छौ ।
अहो !
म त
रिस र विषको माझमा रहेछु
तटस्थ रहने चेष्टामा ।
हे ! नीलकण्ठ !
अलिकता शक्ति
मलाई पनि शेयर गर है।
(डाउहिल,खरसाङ,भारत)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।