तिम्रो मजेत्रोमा
यी कुरुप औंलाहरुले
जीवनको ढाई अक्षर गीत लेखिसकेपछि
फर्केको साँझ हुनसक्छ प्रिया
मैले तिम्रो आँखाभरि
प्राचीन स्वप्नको धुन भेटेको ।
त्यही रात हुनुपर्छ मेरो आँखामा पनि आदिम सपनाहरु पुन: जन्मेका ।
यो त्यही सपना हो प्रिया
जुन सपनामा यी पहाडहरु
तिमीसँगै दुई पाइला उक्लेर
देउरालीमा केही साँझ सुस्ताएर
जीवनकै स्वर्णिम गीत गाउँ भनी
तारहरु बुनी पठाएथें ।
यी त्यही भगनाबशेष आवाजहरु हुन् प्रिया
जुन मुटु निचोरेर हर गोधुलीमा बेसुर प्रेमगीतहरु गाई पठाउने
र आजपनि हर साँझ घाम डुब्नै लाग्दा बौरी उठिरहने !
हर मध्यरातमा
हठात्!
सुदुर पूर्वबाट उज्यालो खस्नु अघि नै
प्रणयको क्यानभासमा कालजयी फाटक उघ्रनु अघि नै
यिनै धुपी र सल्लाका हाँगाहरुमा
मेरा प्राचीन सात करोड स्वप्नहरुले
तिम्रै मजेत्रोको पासो लगाएर
आत्महत्याका अनन्त अनन्त
मुर्छित श्रृङ्खलाहरु बुनी पठाउछन् ।
यतीबेला प्रिया,
म यही भत्किएको पहाडको फेँदमा बसेर
मौनताको कबिता लेखी हिंड्ने तिम्रा आँखाहरुलाई
जन्मनु अघि नै मेरो निधारमा 'एन्टीक क्ल्क टावरले' लेखिदिएको
रिक्त गीत तिम्रै मजेत्रोमा बुनी पठाएको छु ।
(कावासोती, नवलपुर)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।