(१)
जुन भाँडोमा हाल्यो पानीको उस्तै आकार हुन्छ
यौन पिपासुलाई आँसुको हैन मासुको बजार हुन्छ
कुरा मात्र ठूला आदर्श प्रेम र समर्पणका
व्यवहारमा लमतन्न सुत्नु उनीहरुको संसार हुन्छ ।
(२)
मेरो पीडाको साक्षी एक मात्र अनिदो रात र सिरानी छ
त्यही अन्धकारमा घातकै अध्याँरो छ कालो कहानी छ
त्यसैले लेख्यो वीभत्स कथा मेरो जीवनको यहाँ
आफ्नो थियो अस्तायो उपरान्त नउदाउने विहानी छ ।
(३)
सहनु पर्छ लेखिएको भोग्नु पर्छ बस हुन्न तकदिर यहाँ
अँध्यारो रात भए छाया पनि भाग्छ छाडेर शरीर यहाँ
जगतको नियम हो यो कोही कसैको हुँदैन कहिल्यै
नजाने कति झरे होलान् आँसु खै र बगेको पीर यहाँ ।
(४)
जल विहार गर्न मिल्ने कागजको नाउ हुँदैन
झुम्राको पुतलीमा भावनाको कुनै भाऊ हुँदैन
भुराभुरीको खेल न हो क्षणभरको रमाइलो
कागज र झुम्राको खेलौनाले कोही साहु हुँदैन ।
(५)
जल्नेहरु जल्दै गर्छन् जल्नेहरुलाई जल्न देऊ
डाहा गरी कपट गर्ने छल्न खोज्छन छल्न देऊ
कसको चल्छ हुर्मत यहाँ तिम्रो मेरो समर्पणमा
खरानी ती आफै हुन्छन् बल्नेहरुलाई बल्न लेऊ ।
सिन्धुपाल्चोक-चौतारा
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।