बाँदरनीको गर्भमा मान्छेको
शुक्राणु फ्युज गरेर कल्पेको
डार्विनको मान्छे
आइन्स्टाइन को ऊर्जाको सूत्रमा
आँटुन्जेल बाँचेर
हकिन्सको असीम समयमा
अनंत अविरल समय यात्रामा
प्रकाशको गति भन्दा पनि
वेगले दौड़िरहन्छ मान्छे
समय देखि समयसम्म
समय नमरून्जेल,
चेप्टो देखिने ब्रह्मांड पनि
वृत्ताकार नै हुनुपर्छ,
जसरी शायद यो समय पनि
वृत्ताकार नै छ
त्यसैले न त यसको टाउको छ
न त पुच्छर
छ त केवल शरीर जसमा
सैकड़ौं सृष्टि जन्मँदै मर्दै
र फेरि जन्मँदै
समयको छातीमा घड़ीका
काँटाहरू झैं घुमी बस्छ ।।
(सिलगुरी, भारत)