तपाइँलाई कस्तो लाग्छ कमरेड ? गाउँ गाउँका सिंहदरबार सहरभरिका लालदरबार भोकको अलाप रोदनका चित्कार असन्तुष्टिको आगो चोर बसेको चौतारो साधु चढेको शूली आँशु बगेको त्रिशुली कमरेडको केही साइनो त पर्दैन ? तपाइँलाई कस्तो लाग्छ कमरेड ? जंगबहादुरको जँग महेन्द्रको पञ्चायत विपिको समाजवाद मदनको जनवाद पुष्पकमलको प्रचण्डपथ आजको गणतन्त्र तपाइँलाई कस्तो लाग्छ कमरेड ? लुई सोह्रौँको गिलेटिन हिटलरको ग्याँस च्याम्बर भैरवनाथको बधशाला माओको चिङकाङसाङ लेनिनको पेत्रोग्राद चेग्वेभाराको बोलेभिया लेन्डुप दार्जेको सिक्किम दलाई लामाको तिब्बत कमरेलाई कुन प्रिय लाग्छ कमरेड ? चितामाथिको भोज खरानीभित्रको आगो गुम्सिएको जनमन दबाइएको आवाज तिम्रो सत्ता र आजादी गीतहरू कुनै साइनो लाग्छ कि दुश्मनी कुन प्रिय लाग्छ कमरेड ? गरिबको आँशु श्रमिकको पसिना तिम्रो सम्वृद्धि सत्ताको वैभव कुन रसिलो कुन स्वादिलो हुन्छ कमरेड ? तपाइँलाई कुन प्रिय लाग्छ कमरेड ? (नुवाकोट)