लेख्दालेख्दैको डायरीबाट
भर्खरै उडेर गएको छ
कविताजस्तो केही ।
टिपेर जसलाई…………………….
उदाएको छ — फुर्के घाम
र, नृत्य गरिरहेको छ छमछमी
हाँगा–हाँगा, पात–पात, आँगन–आँगन, कोठाचोटा र बरण्डामा ।
चम्किरहेछ जून
साथमा लिएर थुप्रै पूmच्चे ताराहरु
आकाशको कालो पर्दामा प्रत्येक रात ।
उक्लिरहेका छन् पसिनै पसिना हुँदै
आवारा हुस्सुहरु
नीला डाँडाहरुको खुट्किलै खुट्किला ।
टिम्टिमाइरहेछन् जूनकीरीहरु
पौठेजोरी खेल्दै
यी क्रूर आदिम अन्धकारहरुसँग ।
गाइरहेछन् कोइलीहरु
झ्यालमै चढेर
कुहुँ……… कुहुँ……….. धुन ।
झर……. झर…… संगीत सुनाउँदै
किनाराका बैसालु रुखहरुलाई
बगिरहेछन्— यी झरना, खोला, नदीहरु ।
ईश्वरजस्ता देखिन्छन् आपैmपनि
यी बाटाचौबाटाहरु
बोकेर पाठशाला हिँडिरहेका ईश्वरकै अनुहारका बालबालिकाहरु ।
आलाप्छन् चराका चिरबिर शास्त्रीय रागहरु
यी सुनौला बिहानीहरु र न्यास्रा साँझहरु
हरिया हाँगाहरुमा झुण्डिँदै प्रत्येक दिन सधैँ यसरी नै ।
मेरो सपनाकै रुपाकृति लिएर
टाँगिन्छ आकाशमा इन्द्रेणी
र, बजाउँछ भ्वायलिन — बर्सातको ।
पैmलन्छ सुगन्ध तरुनी माटोको
बर्षाको जवान पहिलो थोपा आएर इत्रिएपछि
मुनाको मुस्कानसँगै लजाउँदै–लजाउँदै
जिस्किरहन्छ पठ्ठो यो हावा
तरुनी धान, गहँुका बालाहरुसँग
र, मख्ख पर्दै खेलाइरहन्छ हरिया कपालहरु तिनीहरुका ।
मग्मगाइरहेछन् — मगमगी…….
श्रम गरिरहेकाहरुको शरीरबाट पसिनाको पूmल
र, पैmलिरहेछन् गाउँ, शहर र मुलुकभरि ।
हजुरआमाको पटुकीको फेरबाट
कुनै जादुभैmँ ह्वारह्वारती निस्कन्छ
रङ्गीबिरङ्गी दन्त्यकथा, जूनताराजस्ता आशिष र रोटीका टुक्राहरु ।
मह घुलिन्छ
केटाकेटीको तोतेपनमा
र मोहक नृत्यभन्दा मोहक देखिन्छन् उनीहरुको चकचकेपन ।
झनै सुमधुर सुनिन्छ आमाको लोरी
र, थपिन्छ अभैंm न्यानोपन बुवाको धापमा
…………………….टिपेर जसलाई
टिपेर जसलाई………..
राक्षस विकृतिहरुका बिपक्षमा
कठोरतापूर्वक उभिएपनि
सबैभन्दा क्रूर देखिएकाहरुको अगाडि
त्योभन्दा पनि क्रूरतापूर्वक खडा भएपनि
दुःखको सबैभन्दा असुन्दर पिँधमा खसेर
ओइलिई झरेको पातभैmँ देखिएपनि
सबैभन्दा सुन्दर देखिन्छन् हरफका बुट्यान–बुट्यानमा
भर्खरै डायरीबाट उडिगएको कविताजस्तो केही ।
अचम्म छु !
अब यसलाई बन्द गर्नु फेरि डायरीमा
जसरी बन्द गर्नु घामका किरणहरुलाई बन्द बाकसमा
अथवा छोडिदिनु यसलाई यसरी नै प्रत्येक कुना–कुनामा ।
लेख्दालेख्दैको डायरीबाट
भर्खरै उडेर गएको छ
कविताजस्तो केही……………।
(धरान)