कालीदासको `क´झैँ
खुम्चिएर अस्तिपञ्जर
साँघुरो बनिरहेछ
इतिहास पढाउने सिपाहीहरू
पुच्छर सेपिरहेछन् अचेल
कोठाका बिरुद्धमा गर्जने आवाजहरू
घर भत्किदा चुप छन्
मानौँ मन्दिर भत्किदा
चुप बसेका भगवानहरूझैँ।
बुद्धका आँखा
कन्तुरमा राखेर पथिकहरू
देश खोज्न हिँडिरहेछन्
तर अपसोच
हरसाँझ म भेटाउँछु
मेरो देश
कक्टेल पार्टीहरूमा।
म भेटाउँछु
मेरो देश
कक्टेल पार्टीहरूमा।
(दाङ)