आफ्नो लागी टोपी किन्न , तिमी साह्रै माया मान्थेउ
मेरो लागी कपडा किन्न, हिॅड बाबु कत्ति भन्थेउ
बल्ल आज बुझ्दै छु, तिम्रो त्यो अधिक माया
आफू सॅधै भोको बसी, मेरो लागी गॅास बन्थेउ ।
छोरा आउँछ भनी तिमी, दैलो कुरी बस्थेउ अरे
बाबु नआई म त खाना, खॅादै खान्न भन्थेउ अरे
हॅातको घडी पल्टाई पल्टाई, घरीघरी हेर्दै तिमी
बाबु आउन पॅाच मिनेट, अब बॅाकी भन्थेउ अरे ।।
पॅाच मिनेट कुर्न तिम्लाई, हुन्थ्यो अरे साह्रै गाह्रो
घरी भित्र घरी बाहिर, गर्थेउ अरे पालैपालो
त्यत्ती माया गर्ने बुबा छोडी, यत्ती टाढा आएको छु
बुझ्दैछु तिम्लाई आज, भाको होला कत्ती गाह्रो ।
बुबा,
तिम्रा दुखका दिन अब, यो छोराले फालिदिन्छ
फाटेको त्यो तिम्रो टोपी, यै छोराले टालिदिन्छ
अन्धकारै अन्धकारमा, बित्यो तिम्रो सारा जिवन
बॅाकी जिवन उज्यालोमा जिउनु, दियो यो छोराले बालिदिन्छ ।
(पोखरा हाल न्युजिल्याण्ड)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।