वास्तविकतालाई लुकाइदिन सक्ने सत्य र तथ्यको खिल्ली उडाउन पछि नपर्ने संस्कृति र धर्मलाई इतिहासमा मात्र सीमित गराउन खोज्ने यो कस्तो गान्तोक शहर ? अब यही टुङ्गोमा पुगे हुन्छ राजनीति कुहेकै हो आफ्नै शिरमार्फत निकैचोटि मेरो शिर नुहेकै हो । कराउँदा छन् जनता अलिबेसी जनवाद भए हुन्थ्यो के थाहा तिनलाई साटोमा बन्दोबस्तवाद चुहेकै हो । क्रान्तिको आशामा बाँच्नेहरुले माथि ठीक छ भन्दै रहयौं बल्ल थाहा भो माथिकाहरु त विचारमा तुहेकै हो । हठात् सर्वहारा यी महलहरु ठडिँदा शङ्का हुन्न र ? ठोकेरै भन्छु त्यो घरखर्च कतैबाट दुहेकै हो । कसैको मुहार पनि किन हँसिलो छैन झरी परेको छ यो मन तर ओसिलो छैन सडक छ, मान्छे छ अनि जताततै भीड छ के भो तर हल्ला पनि कहीँ जोसिलो छैन न यता ठीक छ हजुर ठीक छ न उता नै के खोज्नु यो बेला आधार नै भरोसिलो छैन बोलीमा पकवान छ गोली व्यवहारमा गोलीसरि सोच्दो भए किन पोसिलो छैन ? ? (गान्तोक पूर्व सिक्किम)