लिलिथको कोखबाट
जन्मिने तिमी,
म तिम्रो कोखाबाट
कसरी बनेँ,
तिम्रो सत्ताको पैतालाहरूले
ढाकिएको मेरो इतिहास हेर,
म त्यहीं छु, ठीक माथि,
जहाँबाट तिमी होंचिएको छौ,
आफ्नै हीनताले,
जसरी होंचिएका थिए राम,
सीता धरतीमा खस्दा
जसरी होंचिएका थिए पाण्डव
द्रौपदीको खुल्ला
चुल्ठो हाँस्दा,
जसरी होंचिएका थिए विष्णु
वृन्दाको सतीत्व छुँदा,
र जसरी होंचिएका छन् कृष्ण
राधाको प्रेम रूँदा,
जसरी होंचिएको छ
तिम्रो तिर्खा
तिम्रो नैतिकतासँगै,
त्यसरी नै होंचिएको छ ,
तिम्रो श्रेष्ठता
तिम्रो पुरूषत्वसँगै,
म तिम्रो उँचाई होंच्याउन आएको होइन,
तर तिमी पनि
म जत्तिकै
अग्लो मात्र छौ
भन्न आएको,
जुन सत्य तिमीले ढाँट्दै आएको छौ युगौंदेखि
तिमीले रचेको
तिम्रो सत्तामा
जुन सत्ता तिम्रो न भएर
हाम्रो हुनु पर्थ्यो ।
(सिलगुरी, भारत)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।