चुडाल सम्बन्धका तुइनहरु
गरिराख अत्याचार सिमानामा
रामबिलासहरु बन्दी बनाइराख,
जय सिंहहरु बेपत्ता पार्दै जा,
अझै चोट दे
अझै पिडा दे
तर यो सम्झिराख
यो देशमा कायरताको
बिज्ञप्ति निकाल्ने
दिलेन्द्र बडुहरु मात्र छैनन्
यो देसमा
गोबिन्द गौतम जस्ता
राष्ट्रीयताको रगत बगाउने
बिर सपुत पनि छन !
तेरो चौडा छातिमाथि
बेलायतिका बुट बजारिदा
साम्राज्यको जन्जिर कस्ले चुडाले
कति जय सिंह धामीहरुले रगत बगाए
तेरो माटोमा ?
जय सिंह धामीका पुर्खाले
गर्धन थापेको बिर्सिस् होला
तेरो आजादीको लागि,
पाकिस्तानले
तेरो काश्मिरको जवानी लुट्दा
गोर्खा रेजिमेन्टले लाएको पर्खाल बिर्सिस् होला
तर हामी बिर्सिने छैनौँ
सिक्किम हामी बाट खोसेको
काकडा र टिस्टा लुटेको
गड्डाचौकीमा एस एस बि राखेको
लिपुलेक र लिम्पियामा डोजर चलाएको
बुद्धको कुप्रचार गरेको
सगरमाथा माथि धावा बोलेको ।
भुटानलाई निलेजस्तो
बंगलादेशलाई कोतारेजस्तो
पाकिस्तानलाई जिस्काएजस्तो
कदापी नसोचे हुन्छ
तेरो दादागिरिमाथी
गोर्खे खुकुरी एक दिन जरुर चल्ने छ
रेटिने छन् तेरो साम्राज्यका घाँटीहरु ।
यो नबिर्षे
जय सिंह धामीहरु
तेरो साम्राज्य ढाल्न नसक्ने काएरभै सके
तर हामी शान्ति चाहान्छौँ
हामी मित्रता चाहान्छौँ
अति गरे अत्याचार हुन्छ
कहिले काहीं
हात्ती पनि कमिलाको सिकार हुन्छ ।
तैंले महाकालीमा
तुइनमात्र चुडालिनस्
चुडालिस् सम्बन्धको डोरी
जयसिहं धामी डुबाएकै ठाउमा
खन्ने छौँ तेरो बिस्तारवादको चिहान
जलाउने छौँ तेरो साम्राज्य
र फुक्ने छौँ बिश्व समुदाय सामु
बिजयको बिगुल ।
(कैलाली)