दुर्गम गाउँमा उस्को जन्म भयो । ऊ एघारौं भावना दाजुदिदीहरुको एघारौ र कान्छो भाई थियो।
बाउआमाको मजदुरीबाट आएको अनाजबाट एक एक डाढु जाउलो खाएर हुर्केको थियो । ओढ्नका लागि सामाग्री नभएर बोराभित्र पसेर सुत्थ्यो । साचिकै उस्को जीवन दयनीय र कष्टकर थियो।
जब ऊ एघार बर्षको भयो गाउँलेहरुसँग काम खोज्न भारत गयो। पहिला एक महिना जुठा भाँडा माझ्यो । फेरी खाना पकाउने काम सिक्यो। होटेल व्यवसाय गर्ने तरिका पनि त्यही सिक्यो । ग्राहक लोभ्याउने मीठो बोली पनि सिक्दै गयो ।
आठ दस साल काम गरेर पुँजी जम्मा पार्दै गयो । यतिखेर उस्को गाउँ पनि सुन्दर शहरमा परिणत भैसकेको थियो ।
ऊ फर्केपछि त्यही शहरमा राम्रै होटेल शुरु गर्यो ।
सबै तरिकाहरु सिकिसकेको हुनाले होटेल राम्रो चल्यो। घडेरी किन्यो । ठुलो दरबार सरह महल बनायो। घरजम गर्यो । बाउआमालाई सुखसँग पालेको छ । अहिले ऊ त्यस शहरको नामि साहुकार बनेको छ।
उसको सम्पूर्ण जीवन नियालिरहनु भएका मास्टर बाजे भन्दै हुनुहुन्थ्यो ।
“हौसला र लगनशीलता भए जीवन अवष्य फल्न र फुल्न सक्दोरहेछ ।”
(बागलुङ)