साउन ७, काठमाडौं ।
युवाहरुको प्रतिरोध नामक समूहले बिहीबार माइतीघरदेखि बानेश्वरसम्म मार्च गरेको छ। ‘थोत्रो थिति फालौँ ! आउनुस् नयाँ थालौँ’ भन्ने मूल नाराका साथ सुरु भएको मार्च बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।
बाजागाजासहित उपस्थित भएका प्रदर्शनकारीहरु गीत गाउँदै बानेश्वर पुगेका थिए । थिएटर मलका कलाकारले नाटकको दृश्यसहित अगुवाइ गरेका थिए भने अन्जन विरही र शकुन्तला जोशी सहितको सांगीतिक टिमले गीतसंगीतको । उनीहरुले गीतका बीचबीचमा ‘पितृसत्ता मुर्दावाद’, ‘जात व्यवस्था मुर्दावाद’, ‘समाजवादी क्रान्ति जिन्दावाद’ र ‘पुँजीवाद मुर्दावाद’ जस्ता नारा पनि लगाएका थिए ।
मार्च कोणसभामा परिणत भएपछि ‘थिएटर मल’ का कलाकारहरुले नाटक मञ्चन गरेका थिए भने किविहरुले कविता वाचन गरेका थिए । कार्यक्रमको बिचबिचमा सुसेलाले गीत पनि गाइएको थियो ।
यो प्रदर्शन प्रतिरोध आन्दोलनको व्यानरमा गरिएको पहिलो कार्यक्रम थियो । यस कार्यक्रमको रोचक पक्ष भनेको नेपालका कम्युनिष्टले गाउन छोडिसकेको कम्युनिष्टको अन्तर्राष्ट्रिय गीतबाट कार्यक्रम सुरु गर्नु हो ।