सुपर मार्केटबाट तरकारी किनेर फर्कंदै थिएँ । ऊसँग बाटैमा जम्काभेट भयो । हाम्रो घरतिर तरकारीको ठेला चोकचोकमा दौडाउँथ्यो ऊ । साह्रै रसिक। अन्तभन्दा एक दुई रुप्याँ घटाइदिने अनि धनियाँ र अलिकती खुर्सानी थपिदिने । उसको उदारपनाभित्रको व्यापारीपनाले मेरो टोलका महिलाहरु उसैससँग तरकारी किन्थे ।
“कता हरायौ के आजकल ? हेर त यी तिम्ले घरघराँ तरकारी ल्याउन छोडेर दु:ख पाइएको छ । झन यस्तो निस्किनै डर भाको बेलाँ ठेला ल्याइदिए पो हुन्थ्यो।” मैले हात को पोका भुइँ मा राख्दै भनेँ ।
उसले आफ्नो बेल्चा कांधमा हाल्दै भन्यो ।
“के गर्नु बहन कोरोनाले बहुत कुरा लुटिलिएछ । छाक टार्न पनि मुस्किल भैलिएछ । यो पैसावाल सुपरमार्केटले थोडी न कोरोना फैलाएछ ? कोरोना त हाम्ले तरकारी बेच्दा पो फैलिएछ ।”
(लमजुङ)