घनघोर पानी परिरहेको छ
कहिले सम्म पर्छ
कहिले थामिन्छ
थाहा छैन
कहाँ बाढी आउँछ
कहाँ पहिरो जान्छ
थाहा छैन
कुन बाटो भत्काउँछ,
कुन पुल बगाउँछ
पनि थाहा छैन
बाछिटामा को को भिज्छ
थाहा छैन
कोको टिक्छ पनि
थाहा छैन ।
कसको घर ढलाउँछ
कसको मोटर बगाउँछ
कुन पहाडलाई मैदान बनाउँछ
कुन बजारलाई बगर बनाउँछ
थाहा छैन
कालो बादल मडारिरहेकै छ
चट्र्यांग परिरहेकै छ
ढल, कुलो, खहरे, खोलाहरु सबैले
खोजिरहेछन् बग्ने बाटाहरु ।
पद, प्रतिष्ठा, पहुँच, कुनै पहिचानबिना
कुन घरको आँगनलाइ
पोखरी बनाउँछ थाहा छैन
कुन दरबारलाई
खण्डहर बनाउँछ
थाहा छैन ।
घनघोर पानी परिरहेको छ
कहिले सम्म पर्छ
कहिले थामिन्छ
थाहा छैन
कहाँ बाढी आउँछ
कहाँ पहिरो जान्छ
थाहा छैन
कुन बाटो भत्काउँछ,
कुन पुल बगाउँछ
पनि थाहा छैन
(काठमाडौं)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।