बोकेर केही थान सपनाका भारीहरु
झरेको हु सपनाको सहर!
सहर झरेदेखि
गाउॅ निकै सम्झनामा आउँछ
सहर गाउॅभन्दा निकै दूर छ
सायद त्यसैले होला ।
सहरसँग सपना साट्दै
सकाएँ पढाईका केहि घुम्तिहरु
र साटेँ मैले मेरो सपनासँग
हरियो पासपोर्ट ।
बोकेर झोलामा
आफ्नै सपना र भविष्यहरु
खोज्दै निस्किएको हुँ
एक भुगोल
च्यापेर सम्झना
छाती गाठो पारेर
आफ्नै जिन्दगी बन्धकी राखेर
केही हुल युवाहरुको संख्यामा
पसिनासँगै नोट साटिरहेको छु ।
थाहॅा छैन
मेरो प्रत्येक मिनेट मिनेटमा खस्ने
पसिना खुसी छ या छैन
तर मलाई यत्ति थाहॅा छ
मेरो पसिनासँग साटिएको नोटले
मेरा भोका पेटहरु खुसी छन्
त्यसैले श्रमसॅग साटिएका सपनाहरु
नभत्किउन् भनेर
मैले राखेको छु
केही थान आफ्नै गाउॅको सम्झना
केही थान बालापनका यादहरु
ती सप्पै सप्पै जम्मा गर्ने हो भने
बन्दो हो सागर ।
यसरी सपना बोक्दै
सहर झरेको यात्री न हो म
थाहॅा छैन
यो यात्रा कहॅासम्म पुग्छ
जहॅा पुगे पनि भत्किन दिने छैन
यात्रामा सडक
बिर्सने छैन
आफू जन्मिएको माटो
प्रियजनहरुको माया
र फर्कनेछु म त्यहीँ
जुन माटोले
मलाई सपना देख्न सिकायो !!
(प्युठान)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।