बच्चैदेखिको राम्रो म
आज पनि म राम्रो नै छु
हिजो म जे जस्तो थिएँ
बश, आज पनि म त्यही नै हुँ ।
म मा हाङा पलाएको भए
शायद म फरक देखिन्थेँ होला
म मा सिङ पलाएको भए
शायद म मैला हुन्थेँ होला ।
तर म सावाँ हु सावाँ नै छु
राम्रो म सग्लो थिएँ सग्लो नै छु,
बस, हिजोको त्यो सानो फुच्चे म
हो, पक्कै आज ठुलो अग्लो भएको छु।
भकारी र यज्ञको बीचमा म थिएँ
खेतबारीमा काम गर्थें भकारी भर्थे
राम्रो म एकदम भक्त धार्मिक थिएँ
पुजापाठ गर्थे यज्ञ दान गर्थें ।
तर आज सहरमा मात्र हैन
गाउँघरमा पनि भकारी हराएको छ
खेतीपाती कम हुदैछ धर्म कर्म पनि छैन
त्यसैले राम्रो म अचेल अलि डराएको छ ।
सहरमा अहिले म राम्रो म
भकुण्डो भ र यमराज य को बीचमा छ
जहाँ रोगब्याधी महामारी अहिले चरममा छ
राम्रो म त्यसैले तनावको खिचमखिचमा छ।
म राम्रो म त्यही नै हो बदलिएको छैन
आज ऊ आध्यात्मिक भएको छ
तर अन्ध धार्मिक चाहिँ हैन
म मा आकार, इकार, उकार, एकार आदि
लाग्यो भने राम्रो म
मामिमुमेमो जे पनि बन्न सक्छ,
तर म बिना तिम्रो बर्णमाला अपुरै रहन्छ
त्यसैले म ले राम्रो म भनेर सधैं धाक लगाउथ्यो
र धाक लगाइरहन्छ ।।
(बुटवल हाल नेपालगन्ज)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।