(१)
नेता को को बन्यो ? प्रश्न जरुरी छ
नेता कसरी बन्यो ? प्रश्न जरुरी छ
नेताले के गर्यो ? प्रश्न जरुरी छ
नेता कसरी धनी ? प्रश्न जरुरी छ ।
(२)
असार आउँदा केही घर बगाएर लैजान्छ
चुनाव आउँदा इमानदार हराएर गै जान्छ
लुटिने त आखिर सोझा न हुन् जतासुकै
जनताको सपना सत्ता लुटेर लैजान्छ ।
(३)
सत्ताको स्वादले जिब्रो लट्टिएको छ
कता छ भाग ध्यान सोझिएको छ
बुझ्न नसकिने खेती राजनीतिको
जन आहतले दिनदिनै सकिएको छ ।
(४)
राजनीतिका नाममा लुटाहाहरू देखियो
राष्ट्रसेवाका नाममा घुस्याहाहरू देखियो
जुनै पार्टी वा पक्षमा लागे पनि जन हैरान
पार्टी आडमा हुने धन्दाहरू पनि देखियो ।
(चितवन)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।