एउटा बेलुनलाई फुलाएर
फुटबलजस्तै बनाए
र छाडिदिए खुल्ला आकाशमा
बेलुनले कुनै गोल गर्नुपर्ने थिएन
किनकि आकाशमा कुनै गोलपोष्ट थिएन
तर बेलुनमा थियो अपरमपार अनुभूति
विश्वकप फुटबलको फाइनल खेल जस्तै
तरङ्ग मच्चाइरहेको आकाशको बेलुन
मेरो सासले भरिएको थियो
घरिघरि हेर्दा बेलुनलाई
राष्ट्रिय झण्डा फर्फराइरहेजस्तै देखिन्थ्यो ।
एउटा क्यानभासमा
तिम्रो चित्र बनाएको सिसाकलम
एउटा पाण्डुलिपिमा
तिम्रो जीवनी लेखेको कलमले
नयाँ जीवन दिएको देखेपछि
कलममा हावा हुँदोरहेछ भनेर
फुटबलमा कलमले हावा भर्न थालेँ
कलमको टुटी भाँचियो
टुटी भाँचिएको कलम
र हावा नभरिएको फुटबल
क्यानभासमा बिग्रिएको चित्र
र पाण्डुलिपि नमिलेको जीवनीजस्तै हुँदोरहेछ ।
टेबलमा आशन ग्रहण गरिरहेको ग्लोब
आफैमा संसार अटाएर पनि
कुनै मन नभएजस्तो फिक्का लागिरहेको थियो
जो दुरुस्तै फुटबलजस्तै थियो छन त
तर फुटबललाई हिर्काए पनि लात्ताले
मैदानमा सिकाइरहेको थियो अनुशासनको पाठ
ध्यानाकर्षण गरेर सबैका आखाँलाई
सिकाइरहेको थियो
राष्ट्र र राष्ट्रियताको महत्त्व
बरु भाँच्चिउन गोलिगाठ्ठाका हड्डीहरु
ऊ देशको नाममा गरिरहेको थियो गोल
हो त्यही हो फुटबलको ऐतिहासिक गौरव ।।
(पाख्रिबास, धनकुटा)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।