प्राचीनदेखि चलिरहेको घडीले
अहिलेसम्म समय देखाएको छैन ।
सम्बन्ध जोडेर सिन्दुरसँग
सृष्टि चलाइरहँदा पहाड बोकेर पाठेघरमा
समानताको घडीले समय देखाएको छैन ।
आकाशमुनि आकाशलाई नै छानो बनाएर
फोहोरसँग भोक साटेर धडकिन्छ मुटु
भाग्यमा चल्न खोजेको घडीले
समय देखाएको छैन सडक छेवैमा ।
परदेश गएका सन्तान
फर्किएका छैनन् - जस्तो क्रान्ति फर्किएको छैन
रहरको अन्तिम स्वास जबर्जस्ती
सन्तान देख्नकै लागि घडकिएको छ
पर्खाइको सपना बोकेको घडीले
विपनाको समय देखाएको छैन ।
युद्धको जित कल्पिरहेको सिपाही
सिमानाको फैसला कुरिरहेको जनता
दिनपछि रात बोलाइरहेको आकाश
अन्तिम भेटलाई देखिरहेको प्रेमी
समय देखे आ-आफ्ना सबैले
तर अहिलेसम्म घडीले समय देखाएन ।
भ्रमको घडी बाँधेको समाज
अन्धविश्वासमा आधुनिकता किन्दछ
तिमीले सोच्यौ एकपटक
अहिलेसम्म घडीले किन समय देखाएन ?
(पोखरा, कास्की)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।