गोधुली साझमा, तेजिलो मुस्कान
छर्छन हिमालहरु
स्वथ्य हावा सुसेल्दै
हरियाली ओढ्छन्
पहाडहरु
हिमाल र पहाडको फेदीमा
राजनीति गर्छन्
काठमाडौंहरु ।
प्राकृतिक छटा धुमिल पारेर
अघोषित यो रजनीति ?
गजब छ बा !
मागी खानटा भाँडो भाछ
केन्द्रिय मेव
मेवले गर्ने दाइ
कसै कसैको पेवाजस्तो
बेथितिहरु पालेर
आसेपासे भिराभुरिहरु जमाएर
च्याखे थाप्छ
र सुरु गर्छ
फोहोरहरुको राजनीति ।
सडकहरुको राजनिती
ग्यासहरुको राजनिती
पानीहरुको राजनिती
बिजुलीहरुको राजनीति
बिमानहरुको राजनीति
यातायातहरुको राजनीति
रोजगारीहरुको राजनीति
शिक्षाहरुको राजनीति आदि इत्यादि
काठमाडौंहरु ।
सधै स्वागत योग्य
चारैतिर द्वार छ
द्वार भित्र मिसावट चिजबिजहरु चनाखो छ
सोझा मान्छेहरु
सुन्दर सपना बुनेर
ओइरोका ओइरो, ताती लाग्छन्
एकमुठी श्वास राखेर
हामी मान्छेहरुलाइ
मेहमान बनाउँदै छ
काठमाडौंहरु ।
चखाउँछ दिनरात
महङ्गिहरु
दुर्गन्धित बिचारहरु
देखाउछ, नरकका काखहरु
कारुनिक चित्काहरु
यदाकदा मुखरित आवाजहरु
सुन्दैनन्
काठमाडौंहरु
मानौ उनीहरु
माना रोपेर मुरी फलाउने दाउमा
सधै सधै जागा जागा छन्
र एकनास
चुसिरहन्छ हामिहरुलाइ
काठमानडौंहरु ।।
(सिन्धुली)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।