वर्णमा मोह समाहित
लालसाका चक्षुहरुबाट
नियालिने
क्षणिक आनन्दको दृश्य रहेछ प्रेम
पीडित
उनी भन्छिन्
जुन दृश्यमा,
मलाई हातपात गरिएको छ।
जसरी
जडियाले भट्टीमा साहुनीलाई गर्छ ।
लौ
मेरो प्रेमीले आज बलात्कार गरेछ,
हिजो मात्र मलाई
हृदयको आगनमा
दाहिने पाइला राख्न लगाएको थियो ।
आजकाल फिल्म हेर्दै गर्दा
जबर्जस्तिको `सिन´मा हामीलाई देख्छु
आफ्नै प्रेमको त्यो स्वरुपदेखि घिन लागेर आउँछ ।
पीडित
उनी भन्छिन्
के हाम्रो भूमिका
हाम्रो मिलन त्यही सिनमा मात्र कैद छ ?
नाटकघर देख्दा
तिम्रो हृदयलाई सम्झन्छु हिजो आज
जहाँ पात्रहरुको मौजुदी
पर्दा अगाडि मात्र हुन्छ ।
तिम्रो मौजुदी पर्दा पछाडि
पीडित
उनी भन्छिन्
हैकम जमाउन खोज्छौ
ममाथि
प्रेम जताउन खोज्छौ
गिथोल्न खोज्छौ
लथालिङ्ग पारिदिन चहन्छौ
छताछुल्ल पोखिदिन चहन्छौ
जब तिमीलाई
मप्रतिको प्रेमको सम्झना आउँछ ।
लाजले
पर्दा म लगाइदिन्छु,
प्रेमको इज्जत बचाउन ।
वास्तवमा
बगर रहेछु म,
खोला तिमी रहेछौ ।
बर्खायामको बाढी हाम्रो प्रेम रहेछ
जहाँ म
आफ्नो अस्तित्व गुमाउँछु
तिमी आफ्नो वास्तविकतामा फर्किन्छौ ।
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।