काठमाडौ ।
मार्क्सवादी साहित्य लेखन विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हिजो सम्पन्न उक्त कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।
मार्क्सवादी साहित्य लेखन सम्बन्धी कार्यक्रम भएता पनि कार्यक्रम कविता विधामाथि केन्द्रित थियो । कार्यक्रममा अतिथि-वक्ता मार्क्सवादी समालोचक सौन्दर्य चिन्तकद्वय प्रा.डा. जगदीशचन्द्र भण्डारी र प्रा.डा. ताराकान्त पाण्डेयले कविता विधामाथि आफ्ना धारणाहरु राखेका थिए ।
त्यस्तै इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणी दुखी तथा मार्क्सवादी साहित्यकारद्वय मित्रलाल पंज्ञानी र गौरी देवकोटाले मार्क्सवादी साहित्य लेखन सम्बन्धी अनुभतिजन्य विचार राखेका थिए ।
कार्यक्रमका वक्ताहरुले मार्क्सवादी सहित्य त्यसमा पनि कविता कस्तो हुन्छ भन्नेबारे आफ्नो धारणा राखेका थिए । मार्क्सवादी साहित्य लेख्नुको औचित्य के हो र यसले समाज परिवर्तनमा पार्ने प्रभाव कस्तो हुन्छ भन्नेमा पनि वक्ताहरुले आफ्नो विचार राखेका थए ।
कार्यक्रममा प्रगतिवादी कवि मोदनाथ मरहट्ठा, परशु कोइराला, कृष्ण विश्वकर्मा, पवन कुमार बुढाथोकीले कविता वाचना गरेका थिए ।
अन्तरक्रिया कार्यक्रमको अध्यक्षता ईश्वर तिमिल्सिना गरेका थिए । कवि सुनिता बुढाथोकीले सञ्चालन गरेको उक्त कार्यक्रमको संयोजन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले गरेको थियो ।