कुनै पनि राष्ट्रको पहिचानभाषा, कला, संस्कृति, साहित्य र सम्पदाको माध्यमले हुन्छ । राष्ट्र«का प्रत्येक बासिन्दाहरूले बोलचाल गर्ने शब्दावली नै भाषाहो । कुनै पनि काम राम्रोसँग गर्ने सीपलाई कला भनिन्छ । राज्यभित्रका जातिको आर्थिक, सामाजिक, नैतिक, बौद्धिक, राजनैतिक आदि पक्षमा प्रकट हुने मूल्य परम्पराको परिस्कृत रूप नै संंस्कृति हो ।
जीवन र जगतसँग सम्बद्ध विविध विषयमा सौन्दर्य, रुप, गुण, भावुकता आदिका दृष्टिले अभिव्यक्त हुने वा रचिने हृदयस्पर्शी लेख, ग्रन्थ, शास्त्र आदि नै साहित्य हो । प्राकृतिक, धार्मिक, साँस्कृतिक, ऐतिहासिक एवं पुरातात्विक महत्वका सामग्री, सम्पत्ती वैभव नै सम्पदा हुन् । नेपाल राष्ट्रको भाषा, कला, सँस्कृति, साहित्य र सम्पदा संरक्षण पाल्पाले पु¥याएको योगदानको चर्चा परिचर्चा समय सापेक्ष भई नै रहेको छ । पल्लव जातीको बासस्थान, पालवंशीय राज्यपालहरूको रक्षास्थल, सेनवंशीय राजाहरूको वैभवशाली इतिहास बोकेको पाल्पा नेपालको इतिहासमै अग्रपंक्तिमै प्रतिष्ठापित रहेको छ । भाषा, कलार सँस्कृतिको संरक्षण र सम्वद्र्धनमा पाल्पाबाट विविध प्रयासहरू भई नै रहेका छन् । साहित्यको क्षेत्रमा पनि राजा पृथ्वीपाल सेन भन्दा अगाडिकै समयदेखि नै उल्लेखनी यकार्यहरू हुँदै आएका छन् ।
नेपाली वाङ्मयको श्रीवृद्धिका लागि राष्ट्रिय गौरवलाई व्यापीकरण गर्ने लक्ष्य सहित विविध साहित्यिक गतिविधिहरू संचालन गर्ने उद्देश्यका साथ पाल्पा साहित्य समाजको स्थापना वि.सं.२०५१ सालमा भएको हो । यस पंक्तिकारको अध्यक्षतामा समाजले वर्ष २०७५÷०७६ मा आफ्नो स्थापनाको रजत महोत्सव वर्ष विविध साहित्यिक कार्यक्रमहरू सहित सफलताका साथ सम्पन्न गरिसकेको छ ।
वि.सं. २०६४ देखि २०७४ सालसम्म पाल्पा साहित्य समाजको अध्यक्ष राजेन्द्र गोपालसिंह रहनु भएको थियो । उहाँको दशवर्षे कार्यकालमा समाजले पाल्पामा शोध, खोज, सोंच, ओज र अठोट सहितका कार्यक्रमहरू सम्पन्न ग¥यो । विशेष गरी भाषा, कला, संस्कृति, साहित्य र सम्पदाको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने व्यक्तित्वहरूको खोजीनीति गर्ने, जीवनी प्रकाशन गर्ने, पुरस्कृत एवं सम्मान गर्ने, पुराना कुरा पत्रपत्रिका एवं तस्विरहरू संकलन गर्ने परिपाटीको तीव्रतर विकास भयो । उहाँको नेतृत्वकालीन समयलाई पाल्पामा साहित्यको अत्यन्त उर्वर कालको रूपमा लिइन्छ । पाल्पा साहित्य समाजको अध्यक्ष रहेको समयमा राजेन्द्र गोपाल सिंहले सम्पदा संरक्षणमा समेत पाल्पाले केही नवीन कार्य गर्नु पर्दछ भन्ने अठोटका साथ ‘पाल्पा सङ्ग्राहलय’को परिकल्पना र स्थापना गरी सम्पदा प्रतिष्ठान पाल्पा सङग्राहलयको संस्थापक अध्यक्षको रूपमा प्रतिष्ठापित रहनु भएको छ ।
नेपाली बृहत शब्दकोष अनुसार “प्राचीन महत्वको दुर्लभ र अनौठो वस्तुहरू बटुलेर राखिने ठाउँ या घरलाई सङ्ग्राहलय भनिन्छ ।” विश्वमा सङ्ग्राहलयको इतिहास खोतल्दा ई.पू. तेह्रौं शताव्दीमा मिश्रको तात्कालिन शासक रेमसेज द्वितीयले पुराना सामानहरूको संकलन गरी सङ्ग्राहलयको सुरूवात गरेका थिए । सन् १६८३ मा बेलायतको अक्सफोर्ड विश्वविद्यालयबाट शुभारम्भ गरिएको सङ्ग्राहलयलाई प्रथम आधुनिक सङ्ग्राहलय भनिएको छ । फ्रान्समा पेरिसको लुभ्र सङ्ग्राहलय, बेलायतको लण्डनमा विट्रिश सङ्ग्राहलय, अमेरिका न्यूयोर्कको मेट्रोपोलिटिन संग्राहलय, टर्कीको हेयर सङ्ग्राहलय, नयाँदिल्लीको ट्वाइलेट सङ्ग्राहलय आदि विश्वका चर्चित सङ्ग्राहलयहरू हुन् ।
नेपालमा मल्लकालिन राजाहरूले आफ्नो दरबारमा विभिन्न मूर्ति तथा चित्रहरू ल्याएर संग्रह गरी राखेको इतिहास पाइन्छ भने काठमाडांै छाउनीस्थित सिलखाना हाल राष्ट्रिय सङ्ग्राहलयको रूपमा रहेको छ । हनुमान ढोका सङ्ग्राहलय, पाटन सङ्ग्राहलय, नारायणहिटी सङ्ग्राहलय आदि काठमाडौंमा रहेका छन् । राजधानी बाहिर पोखरामा पनि सङ्ग्राहलय संचालिन रहेको छ ।
सदियौंदेखि ऐतिहासिक, साँस्कृतिक, धार्मिक एवम् पुरातात्विक महत्व बोकेको भूस्वर्ग पाल्पा आफैंमा एउटा खुला सङ्ग्राहलय हो । पाल्पामा प्राचीन दरबार, सेन वंशीय राजाहरू र गौंडाकालिन शासनहरूद्वारा निर्मित मठ, मन्दिर पाटी, पौवाहरू, सर्वसाधारणका पुराना घरहरू, मूर्ति, काष्ठ, चित्र, हस्तकलाका नमूनाहरू, रूरू, सत्यवती, भैरवस्थान, रम्भादेवी, प्रर्वास क्षेत्र आदिका धार्मिक तिर्र्थ स्थलहरू, रानीघाट दरबार, टक्सार क्षेत्र, सितलपाटी, मूलढोका एवम् भगवती, नारायण, गणेश, भीमसेनका मन्दिर तथा जात्राहरू सम्पदाको रूपमा रहँदै आएका छन् ।
यद्यपी पुराना महत्वपूर्ण सामग्रीहरूको खोज, संकलन, संरक्षण, सम्वद्र्धन र प्रर्दशन हुन नसकिरहेको अवस्थालाई चिर्दै पाल्पामा वि.सं. २०७१ साल असार ११ गते बुधवारका दिन पाल्पा सङ्ग्राहलयको स्थापना भएको हो । सम्पदा प्रतिष्ठानको नाममा विधिवत दर्ता गरी पाल्पा सङ्ग्राहलय संचालित छ । पाल्पा र यस क्षेत्रमा रहेका पुराना भन्दा पुराना सामग्रीहरू संकलन गरी सम्पदाको संरक्षण, सम्वद्र्धन गर्ने, प्रर्दशन गर्ने, पाल्पाको भाषा, कला, संस्कृति, साहित्यको व्यापिकरण गर्ने, पाल्पाली सम्पदाहरूमाथि अध्ययन, अनुसन्धान, अवलोकन गर्ने, पाल्पामा पर्यटन, प्रर्वद्धन गर्ने उद्धेश्यका साथ सङ्ग्राहलयमा सेनकालीन समयदेखि हालसम्मका दुर्लभ सामग्रीहरू सङ्ग्रहित रहेका छन् ।
नेपालको भाइ मानिने पाल्पाको सदरमुकाम तानसेन दार्जिलिङ्ग सरिकै सुन्दर पहाडी पर्यटकीय नगर हो । पर्यटकहरूको आर्कषणको लागि वर्तमान समयमा हरेक पर्यटकीय क्षेत्रमा सङ्ग्राहलय हुनु अपरिहार्य देखिएको छ । यहि परिपे्रक्ष्यमा स्थापना भएको पाल्पा सङ्ग्राहलयले घर घरमा खेरा गएका, काम लाग्दैन भनी भण्डार कोठामा राखिएका, कवाडी सामग्री भनी वेवास्ता गरिएका, विग्रेका, अलपत्रै परेका, बेकामकाभनी वेवास्ता गरिएका पुराना तर दुर्लभ सामग्रीहरूको संकलन गरी सङ्ग्राहलय व्यवस्थापन गरेको छ ।
सङ्ग्राहलयमा दुइसय वर्ष अघिको इँटादेखि चट्याङ्ग पर्दाको ढुङ्गा, तरवार, भाला, ढाल, खुकुरी, पुराना सिक्काहरू, कला कृतिका सामग्रीहरू, पुरानो रेकर्ड मेसिन, रेडियो, टेपरेकर्डर, टेलिभिजन, खड्ग शमसेरको खाट र पोशाक, दुर्लभ घरेलु सामग्रीहरू, दैनिक जीवनमा प्रयोग हुने माटो, काठ, फलाम तथा धातुका कलात्मक सामग्रीहरू, ताल्चाहरू, गहना तथा बाजाहरू, पुराना हस्तलिखित ग्रन्थ र कागजातहरू आदि रहेका छन् ।
यस्ता पुराना सामग्रीहरू दिएर विभिन्न शुभचिन्तकहरूले ठूलो गुन लगाउनु भएको छ भने केही दुर्लभ सामग्रीहरू प्रतिष्ठानले ऋणै काढेर भएपनि खरिद गरी संग्रह गरेको छ । मानिसहरूको ध्यानाकर्षण गर्ने गराउने पुरानो सामग्रीहरू सङ्ग्राहलयमा रहेका छन् ।
भाषामा विविधता, कलामा निपूर्णता, संस्कृतिमा सम्पन्नता, साहित्यमा नवीनता, धार्मिक क्षेत्रमा मोक्षता, प्राकृतिमा सम्पूर्णता, इतिहासमा गौरवगाथा रहेको वैभवशाली पाल्पामा पाल्पा सङ्ग्राहलय स्थापना भएपश्चात पाल्पाको सम्पदा संरक्षणमा सम्वद्र्धन, प्रर्वद्धन र प्रदर्शनमा नवीन सोंचहरू जागृत भएका छन् । सम्पदा प्रतिष्ठानद्वारा नीजि स्तरमा संचालित गरिएको भएतापनि ‘पाल्पा सङ्ग्राहलय’ सबै पाल्पालीको आफ्नै सङ्ग्राहलय हो ।
प्रर्याप्त साधन र स्रोत, आफ्नै घर तथा कोठाहरू नहुँदा सङ्ग्राहलय व्यवस्थित संचालन गर्न निकै नै चुनौतिको सामना गर्नु परिरहेको छ । समय सापेक्ष आफैं वा सहकार्य सहित यथाशीघ्र सङ्ग्राहलयलाई अझ थप व्यवस्थित र विस्तार गर्ने सोंच सम्पदा प्रतिष्ठानले लिएको छ ।
‘शिक्षा स्वास्थ्य, पर्यटन र कुटिर उद्योग’को प्रर्वद्धन सहितको ‘हाम्रो पाल्पा–राम्रो पाल्पा’अझ सुन्दर व्यवस्थित र उदहरणीय बन्नु पर्दछ । पाल्पाको सम्पूर्ण सम्पदाहरूको योजनाबद्ध व्यवस्थित संरक्षण र सम्बद्र्धन गरिनु पर्दछ । पाल्पा सङ्ग्राहलयले पनि पाल्पाको सम्पदा व्यापीकरण र राष्ट्रिय सम्पदाहरूको संरक्षण र संवद्र्धनमा सक्दो योगदान पु¥याउने छ । पाल्पा सङ्ग्राहलय विद्यार्थी, शिक्षक, शोधार्थी, अध्येता, अनुसन्धाता, सरोकारवाला, पुस्तान्तरण एवमं आन्तरिक तथा बाह्य पर्यटकहरू सबैलाई आर्कषित गरी प्रदर्शनीय, अवलोकनीय एवं अनुसन्धाननीय हुन सकेको अवस्थामा सङ्ग्राहलयले मनोरञ्जन, जानकारी, ज्ञान, अभिवृत्ति, सोध, खोज र सोंच प्रदान गर्नुका साथै समग्र पाल्पा र पाल्पालीहरूको गौरव बढाउने छ । हामी सबैले आ आफ्नो क्षेत्रबाट पाल्पाको सम्पदाहरु संरक्षण संवद्धन र प्रवद्र्धन कार्यमा लागौँ ।
सन्दर्भ सामग्री ः
चिनारी (२०७१), वार्षिक प्रकशान, काठमाडौं, तानसेन गुठी ।
जागरण, (२०७६), रजत महोत्सव विशेषाङ्क, पाल्पा ः पाल्पा साहित्य समाज ।
हाम्रो पाल्पा (२०६५), रूपन्देही ः पाल्पाली समाज ।