म सानो हुँदा
थाहा छैन के कति कारण हो
कहिले काहिँ आमा भक्कानिएर
खुब रुनु हुन्थ्यो
मलाई च्याप्प काखमा च्याप्नु हुन्थ्यो
मेरो मुख आमाको गालामा जोतिन्थ्यो
आमाको आँखाबाट झरेका आँसु
मेरो जिब्रोमा पुग्थे
मलाई आँसुको स्वाद नुनिलो लाग्थ्यो
यो सिलसिला आमा बाँचुन्जेल चल्यो
र जहिल्यै आँसुको स्वाद नुनिलो लागिरह्यो ।
आज आमाको स्थानमा म आइपुगेको छु
नियतिले आमालाई जस्तै
मलाई पनि अँठ्याउँछ बेला बेला
कसैले नदेख्ने गरी रुन्छु, भक्कानिन्छु
जब आँखाबाट आँसु झर्छन्
मन त्यसै त्यसै अमिलो भएर आउँछ ।
खै किन हो अचेल
मलाई आँसुको स्वाद अमिलो लाग्छ ।
(सुर्खेत)
नेपाली साहित्य घर’ डिजिटल साहित्यिक पत्रिका भएकोले यसमा साहित्यिक रचना र समाचार मात्र प्रकाशन गरिन्छ । यस पत्रिकामा पुरातन, उच्छृङ्खल र यथास्थितिवादी सोच भएका तथा साम्प्रदायिक सद्भावमा असर पुयाउने खालका रचना प्रकाशित गरिने छैन । अन्य पत्रिका र अनलाइनमा पठाएका वा प्रकाशित भएका रचना नपठाउनुहुन अनुरोध छ । नेपाली साहित्य घरमा प्रकाशित रचनाहरूमा व्यक्त विचारप्रतिको जवाफदेहिता स्वयम् लेखकको हुनेछ । रचना पठाउँदा नेपाली प्रीति फन्टमा टाइप गरेर इमेलमार्फत् पठाउनुपर्ने छ । पठाएको एक महिनासम्म प्रकाशित नभए वा कुनै प्रतिक्रिया नआए रचना अस्वीकृत भएको मानिने छ । हामीले यो पत्रिका आर्थिक उपार्जनका लागि नभई नेपाली भाषासाहित्यको सेवा गर्ने उद्देश्यले सञ्चालन गरेको हुँदा प्रकाशित रचनाको पारिश्रमिक दिन असमर्थ छौँ ।