१० जेठ, काठमाडौं ।
साहित्यकार डा. बानिरा गिरीको ७५ वर्षको उमेरमा हिजो राति १० बजे निधन भएको छ
तीन हप्ताअघि कोरोना संक्रमित भए पनि हृदयघातका कारण सिभिल अस्पतालमा हिजोराति १० बजे गिरीको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । गिरी तीन वर्षदेखि अल्जाइमर्सबाट पीडित थिइन् ।
उनी नेपाली साहित्यमा विद्यावारिधि (पी.एच.डी.) गर्ने पहिलो महिला हुन् । गिरीले कवि गोपालप्रसाद रिमालमाथि शोध गरेवापत त्रिभूवन विश्वविद्यालयबाटै पिएचडीको उपाधि प्राप्त गरेकी थिइन् ।
डा. गिरीका ‘एउटा एउटा ज्यूँदो जंगबहादुर’ र ‘जीवन थायमरु’ कवितासंग्रह तथा तीन उपन्यास ‘निर्बन्ध’, ‘कारागार’, र ‘शब्दातीत शान्तन’ प्रकाशित छ । ‘शब्दातीत शान्तन’ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो ।
डा. गिरीका श्रीमान्, एक छोरा र एक छोरी छन् ।